नेपाल उद्योग वाणिज्य महासङ्घ एशोसियट सदस्यका उम्मेद्वार चन्द्रप्रसाद ढकाल को हुन् ?

761 Views Tuesday, April 11th, 2023 at 7:16 pm   (2 years ago)   Feature Image, Interview, news

काठमाडौँ । देशभरका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसियट कार्यकारिणी सदस्यमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिनुभएको छ ।

महासङ्घको आगामी चैत २८ र २९ गते सम्पन्न हुन लागेको साधारणसभा एवम् महाधिवेशनमा एशोसियशन कार्यकारिणी सदस्य पदमा उम्मेद्वारी दिनुभएको हो ।

विगत २६ वर्षदेखि काभ्रेपलाञ्चोक जिल्लाको वनेपामा खाद्यान्न व्यवसायमा सङ्लग्न ढकालले काठमाडौँमा एसएमई कन्टक्सन र गणपति कि ईलोक्टोनिक्स सञ्चालन गर्नुभएको छ ।

को हुन् चन्द्रप्रसाद ढकाल ?

विस २०३७ सालमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा जन्मनुभएका ढकाल युवा व्यवसायी हुनुहुन्छ । विगत २६ वर्षदेखि काभ्रेपलाञ्चोक जिल्लाको वनेपामा खाद्यान्न व्यवसायमा सङ्लग्न रहनुभएका ढकालले काठमाडौँमा समेत आफ्नो उद्योग व्यवसाय विस्तार गर्नुभएको छ ।

काभ्रेमा राम्रो समाजसेवीको छवि बनाउनुभएका उहाँले संघीय राजधानी काठमाडौँमा समेत विगत ८ वर्षदेखि एसएमई कन्टक्सन र गणपति कि ईलोक्टोनिक्स सञ्चालन गरेर दर्जनौँ व्यक्तिलाई रोजगार प्रदान गर्दै आउनुभएको छ । लायन्स क्लब अफ ईन्टरनेशनलमा समेत उहाँ आवद्ध हुनुहुन्छ ।

आफ्नो पढाई र व्यवसायको सिलशिलामा विश्वका विभिन्न मुलुकको भ्रमण गरिसक्नुभएका उहाँले विदेशीएका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्ने उदेश्य राखेर महासंघमा उम्मेदवारी दिनुभएको हो ।

पढाईमा राजनीतिशास्त्रमा स्नातक गर्नुभएका युवा व्यवसायी ढकाल विजनेश म्यानेजमेन्टको तालिमसेत लिनुभएको छ ।

महासंघको सदस्यमा चन्द्रप्रसाद ढकालको उम्मेद्वारी किन ?

नेपालका युवालाई उद्यम क्षेत्रमा आकर्षित गर्न आफूले महासंघमा उम्मेद्वारी दिन लागेको बताउने ढकाल दैनिक विदेशीएका हजारौँ सक्षम युवा जनशक्तिलाई स्वदेशमा व्यवसाय र रोजगारीको क्षेत्रमा जोड्नका लागि आफू महासंघको सदस्य बन्न लागेको बताउनुभयो ।

ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत राज्यसँग समन्वय गरी उद्यम व्यापारलाई प्रोत्साहन गर्न योगदान पु¥याउने बताउनुभएको छ । यस्तै, व्यवसायका नयाँ अवसरलाई खोजी गर्ने र त्यस्ता व्यवसायमा आम युवा र योग्य जनशक्तिलाई जोड्न लाग्ने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी उत्पादनलाई जोड्न र यस्ता उत्पादनको गुणस्तरीयता र विश्वसनीयतालाई अगाडि बढाउने बताउनुभएको छ । “नेपालमा प्राविधिक शिक्षालाई व्यापकता बनाई उत्पादनमा जोडी अन्तर्राष्ट्रिय बजारमा हाम्रो उत्पादन प्रवद्र्धन गर्न आवश्यक छ,”– उहाँले भन्नुभयो ।

ढकालले दक्ष जनशक्ति निर्माण गर्नसकेमात्र देशको अर्थतन्त्र बलियो हुने भएकाले युवालाई दक्ष जनशक्ति निर्माण गर्न महासंघमार्फत अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । व्यवसाय क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएकाले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई छ ।

 

स्रोत: माउण्टेन खबर प्रा.लि.

Related Posts


Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/asiapravidhi/public_html/wp-includes/functions.php on line 6114

Recent News