एसियाली निर्वाचन सरोकारवाला मंच (Sixth Asian Electoral Stakeholder Forum -AESF) को छैठौं सम्मेलन सम्पन्न प्रेस विज्ञप्ति External

847 Views Sunday, December 10th, 2023 at 11:10 am   (11 months ago)   ICT News, news, Technology

ुदिगो लोकतन्त्रको निर्माणस् निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधनु विषयक एसियाली निर्वाचन सरोकारवाला मंच ९ब्भ्क्ँ० को दुइ दिने छैठौं सम्मेलन मिति २०८० मंसिर २० र २१ गते ९२०२३ डिसेम्बर ६ र ७० मा काठमाडौँमा सम्पन्न भयो ्र सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्री श्री नारायण प्रकाश साउदले गर्नु भएको थियो ्र सम्मेलनको उद्घाटन गर्नुहुँदै माननीय परराष्ट्रमन्त्रीले निर्वाचन आयोगले संवैधानिक रूपमा स्वतन्त्र निकायका रूपमा काम गरेको र तीन तहको निर्वाचनलाई पटकपटक सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । साथै स्वतन्त्र, निष्पक्ष र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नका लागि विद्यमान निर्वाचन कानुन परिमार्जन गर्न सरकार तयार रहेको समेत बताउनुभयो ।
त्यसैगरी उद्घाटन सत्रको अध्यक्षता गर्नुभएका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियाले लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धतालाई थप सुदृढ गर्न फोरमले थप मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै निर्वाचनमा नागरिकको व्यापक सहभागिता खोज्न र लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक छ भन्ने कुरा बताउनुभयो ।
उद्घाटन सत्रका प्रमुख वक्ता पूर्व भारतीय प्रमुख निर्वाचन आयुक्त एस। वाई। कुरैशीले निर्वाचन व्यवस्थापन सुधारको विषय वृहत, निरन्तर र चुनौतिपूर्ण रहेको र यस्ता फोरमहरुबाट असल अभ्यासको सिकाइ सबै निर्वाचन व्यवस्थापन निकायका लागि एक महत्वपूर्ण अवसरको रुपमा रहने बताउनुभयो ्र कार्यक्रममा माननीय निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधरले सम्पूर्ण सहभागीको स्वागत गर्नुहुँदै निर्वाचन आयोग, नेपालले सुधारको कामलाई निरन्तर अघि बढाएको व्यहोरा बताउनुभयो ्र एनफ्रेलका वर्तमान अध्यक्ष च्यजबलब ज्भततष्बचअजअजष्ले ब्भ्क्ँ को स्थापनाका उद्देश्य र संस्थाले गरेका एवम् गर्न सक्ने प्रयासका बारेमा विस्तृत प्रकाश पार्नुभयो ्र निर्वाचन आयोग, नेपाल र एशियन नेटवर्क फर फ्रि इलेक्शन९ब्ल्ँच्भ्ी०को संयुक्त आयोजनामा आयोजित यस सम्मेलनमा एसियाली क्षेत्र लगायतका विभिन्न ४० देशका करिव २५० जनाको सहभागीता रहेको थियो जसमध्ये ९ विभिन्न देशका निर्वाचन व्यवस्थापन निकायका २४ जना पदाधिकारीहरु समेत उपस्थित रहेका थिए ्र
ब्भ्क्ँ को पहिलो सम्मेलन सन् २०१२ मा थाइल्याण्डमा र त्यस पश्चात क्रमशः टिमोर(लेस्ते ९२०१५०, इन्डोनेसिया ९२०१६०, श्रीलंका ९२०१८० हुदै पाँचौ सम्मेलन ९२०२१० ऋयखष्म(ज्ञढ का कारण अनलाइन सम्पन्न भएको थियो। ब्भ्क्ँ का प्रत्येक सम्मेलनमा भएका छल‌फल तथा उपलब्धहरु समेटी घोषणापत्र ९म्भअबिचबतष्यल० समेत जारी गर्ने प्रचलन छ । नेपाल र अन्य देशका विज्ञहरूद्वारा सातवटा विषय अन्तर्गत २४ वटा शिर्षकका विषयमा कार्यपत्र प्रस्तुति भएका थिए र प्रस्तुत उक्त विषयहरुमा गहन छलफल पश्चात २७ बुंदे काठमाडौं घोषणापत्र जारी गरिएको छ । निर्वाचन प्रणालीमा सामयिक सुधार, निर्वाचन कानूनमा परिमार्जन, प्रविधिमैत्री निर्वाचनको अङ्गीकार, निर्वाचनको निष्ठाको प्रवर्धन, मतदाता शिक्षामा नागरिकको पहुँच विस्तार, समावेशीकरण, मतदान केन्द्रको पूर्वाधार सुधार, निर्वाचन शिक्षामा सामाजिक संजालको प्रयोग, मिथ्या सूचनाको नियन्त्रण, वातावरण मैत्री निर्वाचन, निर्वाचनमा नागरिकको सहभागिता जस्ता प्रमुख विषयहरु उक्त घोषणापत्रमा समेटिएका छन् ्र
दुइ दिनसम्म संचालित सम्मेलनको समापन माननीय परराष्ट्र मन्त्री श्री नारायण प्रकाश साउदले गर्नु हुँदै सम्मेलनका संयुक्त आयोजक निर्वाचन आयोग, नेपाल र एनफ्रेललाई बधाई तथा धन्यवाद व्यक्त गर्नुहुँदै सम्मेलनमा उठेका तथा आदानप्रदान भएका अनुभवले निर्वाचन व्यवस्थापनको सुधारमा थप टेवा पुगी आगामी दिनमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन सहयोग पुग्ने बताउनुभयो ्र सम्मेलनका सम्पूर्ण वक्ता, प्रस्तुतकर्ता एवं सहभागीहरुको महत्वपूर्ण भूमिका प्रति आभार व्यक्त गर्दै माननीय निर्वाचन आयुक्त श्री सगुन शमशेर ज।ब। राणाले धन्यवाद व्यक्त गर्नुभयो ्र एनफ्रेलको तर्फबाट ऋयचबशयल ज्यलयचष्य क्ष्नलबअष्य ले समापन मन्तव्य व्यक्त गर्नुहुँदै ब्भ्क्ँ को छैठौं सम्मेलन सबैको साथ र सहयोगबाट सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुहुँदै सम्मेलनले पारित गरेका घोषणापत्रका बुँदाहरुको कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सकारात्मक साथ र सहयोग रहने अपेक्षा गर्नुभयो ्र माननीय निर्वाचन आयुक्त श्री राम प्रसाद भण्डारीले सम्मेलनका संयुक्त आयोजक निर्वाचन आयोग, नेपाल र एनफ्रेलले नेपालको राजधानी काठमाडौँमा ब्भ्क्ँ को छैठौं सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनको सफलताको लागि प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सबै संस्था, निकाय, पदाधिकारी एवं व्यक्तिप्रति धन्यवाद व्यक्त गर्नुभयो ्र साथै सम्मेलनले पहिचान गरेका घोषणापत्रका बुँदाहरुको सफल कार्यान्वयनका लागि सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ्र

सूर्य प्रसाद अर्याल
उपसचिव एवम् सहायक प्रवक्ता

 

 

Related Posts


Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/asiapravidhi/public_html/wp-includes/functions.php on line 6114

Recent News